chutakila

चुटकिला .......!

एउटा भलाद्मी मन्दिर गएछ । मन्दिरमा पुगेपछि जुत्ता खोल्नु पर्छ भन्ने बिर्सेर महँगो जुत्ता लगाई गएछ । मन्दिरमा सबैले जुत्ता खोलेको देखेर उस्लेपनि खोल्नु पर्ने बाध्यता आई पर्‍यो, मनले नमानी नमानी जुत्ता खोलेर जुत्ता माथि सानो चिट छोडेछ : म यो देशको नम्बर-१ कराँते च्याम्पियन हुँ मेरो जुत्ता छुने कोशीस् नगर्नु होला । त्यसपछि उ मन्दिर भित्र पस्यो, पूजा पाठ सकेर बाहिर निस्के पछि उस्ले आफ्नो जुत्ता त्यहाँ देखेन उस्ले एउटा नयाँ चिट भेट्टायो, त्यहाँ लेखिएको थियो : म नेपालको नम्बर-१ दौड च्याम्पियन हुँ मेरो पिछा गर्ने कोशीस् नगर्नु ।


-बि. जे. बान्तवा / भोजपुर

No comments: