chutakila

चुटकिला

(1)
बाख्रा र सुँगुर मिलेर ब्रम्हाजीको तपस्या गरेछन्,त्यो घोर तपस्यादेखि ब्रम्हाजी अति प्रसन्न भै भन्नुभएछ-

ब्रम्हाजी: हे बालक हो के भयो तिमीहरुलाई?
बाख्रा: हामीलाई बस्नको लागि खोर भएन प्रभु,
ब्रम्हाजी: ल मैले बनाको त्यतिका धेरै खोर के भयो र?
सुँगुर्: त्यो त प्रकाश ओझाले सबै भात्काइदियो नि प्रभु ।

(2)

एउटा अमेरिकन घुम्दै काठमान्डुको बसन्तपुर दरबार भित्र छिरेछ यता उता दुर्बिनले हेर्दै जाँदा चिप्लिएर एउटी बुढी आमालाई पनि धकेलेर लडाएछ र हत्तपत्त उठेर उल्टै बुढी आमालाइ हप्काउँदै भनेछ:
अमेरिकन: व्हाट इज दिश ?
बुढी आमा रिसाउँदै: तेरिमा आँख्ले तेरा आँखा फुट्याछन र ? दिश इज लेउ यसलाई टेक्दा देखिनस पुग्या पल्लो छेउ ।

भोजपुरे ब्लग

1 comment:

Unknown said...

hahahahhahahha its really funny..

keep it up....