chutakila

चुटकिला

२ चुटकिला
एक ब्यक्तिले दुई युवक हिडिरहेको देखेर एक युवक लाई सोध्यो।
एक ब्यक्ति:-तिम्रो यो केटा सँग के नाता छ?
युवक्:- मेरो धेरै टाढाको नाता छ ।
एक ब्यक्ति:- तर पनि कस्तो नाता हो?
युवक:- उ मेरो आफ्नै भाई हो ।
एक ब्यक्ति:- (आस्चार्य मान्दै) तर तिमी यसलाई किन टाढाको नाता बताउछौ?
युवक :- किन कि यसको र मेरो बिचमा अरु सात भाई छन । (न्याधिश र अपराधी )
न्याधिश:-(कडकिन्दै भन्यो)
म अहिले नै फैसला सुनाउछु,जो ब्यक्तिबिचमा बोल्छ, उसलाई यहाँबाट बाहिर निकालिन्छ ।
अपराधी:- (हतार हतार भन्यो)
हजुर । म बिचमा बोल्छु, मलाई बाहिर निकाली दिनुहोस्,

युबराज फुँयल
सुबिजिमुर मेमोरियल उच्च. मा. बि.
बिराटचौक, मोरङ

चुटकिला .......!

एउटा भलाद्मी मन्दिर गएछ । मन्दिरमा पुगेपछि जुत्ता खोल्नु पर्छ भन्ने बिर्सेर महँगो जुत्ता लगाई गएछ । मन्दिरमा सबैले जुत्ता खोलेको देखेर उस्लेपनि खोल्नु पर्ने बाध्यता आई पर्‍यो, मनले नमानी नमानी जुत्ता खोलेर जुत्ता माथि सानो चिट छोडेछ : म यो देशको नम्बर-१ कराँते च्याम्पियन हुँ मेरो जुत्ता छुने कोशीस् नगर्नु होला । त्यसपछि उ मन्दिर भित्र पस्यो, पूजा पाठ सकेर बाहिर निस्के पछि उस्ले आफ्नो जुत्ता त्यहाँ देखेन उस्ले एउटा नयाँ चिट भेट्टायो, त्यहाँ लेखिएको थियो : म नेपालको नम्बर-१ दौड च्याम्पियन हुँ मेरो पिछा गर्ने कोशीस् नगर्नु ।


-बि. जे. बान्तवा / भोजपुर

चुटकिलाहरु

"चार चुटकिला"
(१)

तिनाउमा आएको बाढीलाई देखाएर छोराले भन्यो ड्याडी म भेलमा पनि पौडेर तर्न सक्छु । हुदैन हुदैन डुबेर मरीन्छ । बाबुले रोक्न खोजे । मलाई पौडी खेल्न आउछ म डुब्दीन ड्याडी म जान्छु है छोराले जिद्धी गर्‍यो । वावु हैरान हुदै अनुमती दिए - जान त जा डुबेर मरीस भने घर गएर तँलाई खुब पिट्नेछु ।
(२)
तिन जना वकिल डाक्टर चोर मरेछन र यमराज कहाँ पूगेछन
यमराज :- तिमीहरु अर्को जन्ममा के बन्न चाहान्छौ ?
वकिल :- म संसारको  सबैभन्दा चचित र धनी वकिल बन्न चाहान्छु
डाक्टर :- म पनि संसारको  सबैभन्दा चर्चित र धनी डाक्टर बन्न चाहान्छु
चोर :- मलाई केही चाहिन्न  । केवल मलाई यिनीहरुको ठेगाना दिनुहोस ।
(३)
१२ बजे
श्रीमान जव दुई वजे घर पुग्यो तब श्रीमतीले दुई वटा छोरी जन्माईन ।
त्यसपछी उक्त ब्यक्तिले लामो श्वास लिदै भन्यो झन्डै बाह्र बजे आइँन ।
(४)
वावु छोरा
एक विधार्थीको वुवाले ब्यापार गर्दा रहेछन । वुवा सिधा र अनपढ थिए ।
एकदिन छोरो परीक्षामा पहिलो भएछ र वावुलाई भनेछ वुवा म त १०० मा ९८ ल्याएर पहिलो भएँ । यो सुनेर उसको वुवाले जवाफ दिएछन तँ फटाहा १०० मा ९८ ल्याउने । हामी १०० को माल ल्याएर २०० पाउँछौ तँ फटाहाले घाटाको ब्यापार गर्ने


ईश्वरी ज्ञवाली
गुल्मी- ३ लिम्घा
हाल:- लिम्घा एग्रोभेट सेन्टर
पर्रोहा-६ रानीबगीया

तीन चुटकिला

(1)
एकदिन ओसामा बिन लादेनले सरदारजीलाई भेटेछ अनि सन्चो बिसन्चो सोध्ने क्रममा सोधेछ
ओशामा:- हाउ आर यु ?
सरदारजी :- बश कभी खुशी कभी गम यार, एण्ड यु ?
ओशामा :- कभी गोला कभी बम यार ......................................!

(२)
एकदिन अपहराणकारीले एउटा महाजनको प्यारि कान्छी श्रीमतिलाई अपहरण गरेछन । त्यो अपहरणकारीको नाईकेले फोन लगाएछ महाजनको घरमा,
नाइके: -ओइ महाजन, यता सुन्; तेरो प्यारो श्रीमती हाम्रो कब्जामा छ यदि तँ तेरो श्रीमती चाहन्छस भने तुरुन्त १ करोड लिएर हामी भएठाउँ आइजा, नत्र तेरो श्रीमती हाम्रो कब्जामा हुनेछ ।
महाजन :- ओहो, तपाईंहरु साह्रै धर्मात्मा हुनुहुदो रहेछ यार्, कहिले देखि अर्काको रेखदेख गर्न थाल्नु भएको ?
नाइके :- (आस्चर्या मान्दै) किन ?
महाजन्: त्यस्ले मलाई धुरुक्क बनाको थिई ठीक्क भयो त्यसलाई यता नपठाइ त्यहीं तपाईंहरुसँगै राख्नु है ...................................!

(3)
श्याम: राम हेरन यार संसारमा भगवान कति दयालु छन है। हामिलाइ धेरै मायाँ गर्ने आमा दिनुभयो।
राम: अँ, भगवान जति दयालु छन त्यो भन्दा डबल क्रुर पनि छन के।
श्याम: त्यो कसरी?
राम:- कस्तो लाटा त्यति पनि थाहा छैन? त्यो मलाई आमा माथि सौतेनी आमा पनि दिएर नि।

-बि. जे. बान्तवा राई-

चुटकिला

(1)
बाख्रा र सुँगुर मिलेर ब्रम्हाजीको तपस्या गरेछन्,त्यो घोर तपस्यादेखि ब्रम्हाजी अति प्रसन्न भै भन्नुभएछ-

ब्रम्हाजी: हे बालक हो के भयो तिमीहरुलाई?
बाख्रा: हामीलाई बस्नको लागि खोर भएन प्रभु,
ब्रम्हाजी: ल मैले बनाको त्यतिका धेरै खोर के भयो र?
सुँगुर्: त्यो त प्रकाश ओझाले सबै भात्काइदियो नि प्रभु ।

(2)

एउटा अमेरिकन घुम्दै काठमान्डुको बसन्तपुर दरबार भित्र छिरेछ यता उता दुर्बिनले हेर्दै जाँदा चिप्लिएर एउटी बुढी आमालाई पनि धकेलेर लडाएछ र हत्तपत्त उठेर उल्टै बुढी आमालाइ हप्काउँदै भनेछ:
अमेरिकन: व्हाट इज दिश ?
बुढी आमा रिसाउँदै: तेरिमा आँख्ले तेरा आँखा फुट्याछन र ? दिश इज लेउ यसलाई टेक्दा देखिनस पुग्या पल्लो छेउ ।

भोजपुरे ब्लग

कम्प्युटर कोर्स

"चुटकिला"
सबै साथी भाई हरु कम्प्युटर सिक्ने क्रम मा एउटी गृहनी लाई पनि कम्प्युटर सिक्न रहर भएछ, र तीन माहिने कोर्स सुरु भएछ । जब तीन माहिने कोर्स पनि सकिन्न लगेछ,

शिक्षक्: तपाईं लाई कस्तो लाग्यो त कम्प्युटर कोर्स?
गृहनी: ( छोटो उत्तर दिदै) राम्रो लाग्यो ।
शिक्षक्: कम्प्युटर चलाऊन सजिलो कि ? भात, तरकारी बनाउन सजिलो?
गृहनी: कम्प्युटर चलाऊन सजिलो नि ।
शिक्षक्: किन?
गृहनी: किन कि कम्प्युटरमा त Undo मिल्दो रहेछ । तरकारी मा नुन धेरै भयो भने Undo गर्न मिल्दैन।

हाङ्छ राई , भोजपुर
हाल: मोरङ , बिराटचोक
Next page