chutakila

चुटकिलाहरु

"चार चुटकिला"
(१)

तिनाउमा आएको बाढीलाई देखाएर छोराले भन्यो ड्याडी म भेलमा पनि पौडेर तर्न सक्छु । हुदैन हुदैन डुबेर मरीन्छ । बाबुले रोक्न खोजे । मलाई पौडी खेल्न आउछ म डुब्दीन ड्याडी म जान्छु है छोराले जिद्धी गर्‍यो । वावु हैरान हुदै अनुमती दिए - जान त जा डुबेर मरीस भने घर गएर तँलाई खुब पिट्नेछु ।
(२)
तिन जना वकिल डाक्टर चोर मरेछन र यमराज कहाँ पूगेछन
यमराज :- तिमीहरु अर्को जन्ममा के बन्न चाहान्छौ ?
वकिल :- म संसारको  सबैभन्दा चचित र धनी वकिल बन्न चाहान्छु
डाक्टर :- म पनि संसारको  सबैभन्दा चर्चित र धनी डाक्टर बन्न चाहान्छु
चोर :- मलाई केही चाहिन्न  । केवल मलाई यिनीहरुको ठेगाना दिनुहोस ।
(३)
१२ बजे
श्रीमान जव दुई वजे घर पुग्यो तब श्रीमतीले दुई वटा छोरी जन्माईन ।
त्यसपछी उक्त ब्यक्तिले लामो श्वास लिदै भन्यो झन्डै बाह्र बजे आइँन ।
(४)
वावु छोरा
एक विधार्थीको वुवाले ब्यापार गर्दा रहेछन । वुवा सिधा र अनपढ थिए ।
एकदिन छोरो परीक्षामा पहिलो भएछ र वावुलाई भनेछ वुवा म त १०० मा ९८ ल्याएर पहिलो भएँ । यो सुनेर उसको वुवाले जवाफ दिएछन तँ फटाहा १०० मा ९८ ल्याउने । हामी १०० को माल ल्याएर २०० पाउँछौ तँ फटाहाले घाटाको ब्यापार गर्ने


ईश्वरी ज्ञवाली
गुल्मी- ३ लिम्घा
हाल:- लिम्घा एग्रोभेट सेन्टर
पर्रोहा-६ रानीबगीया

2 comments:

pooja said...

hi the chutkila so good plz keep going on

Unknown said...

thanks ईश्वरी ज्ञवाली chutkila haru ko lage

prashant pokharel